उर्लाबारी । डेढ करोडको लागतमा मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहको सुविधासम्पन्न आवासीय भवन निर्माण गरिएको छ ।
लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनबाट १ करोड १४ लाख, लायन्स क्लब अफ उर्लाबारी ४ लाख, लायन्स क्लब अफ उर्लाबारी आस्था ४ लाख, लायन्स क्लब अर्फ इन्टर्न मोरङ ४ लाख, लायन्स क्लब अफ विरानगर गुराँसको ४ लाख र बाल गृहको २० लाख रुपैयाँ गरी डेढ करोडमा भवन निर्माण गरिएको हो । भवनको असोज २७ गते प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने नमूना बाल गृहकी अध्यक्ष मीना बरालले जानकारी दिइन् । दुई तले २० कोठाको भवन निर्माणका कार्य सम्पन्न भइरहेको छ । शान्ति निर्माण सेवा काठमाडौंले ठेक्का लिएको सो भवन कोरोना भाइरसको संक्रमणका कारण निर्धारित समयमा भने सम्पन्न हुन नसकेको र दुई महिना थप गरी निर्माण सम्पन्न भएको सदस्य प्रलाद थापाले जानकारी दिए । उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सांसद तथा जनप्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रम तय भएको छ । ४६ जना आश्रित उक्त गृहमा आवश्यक भवनको अभावमा कष्टकर तरिकाले बस्नु पर्ने बाध्यता भवन निर्माणसँगै हटेको अध्यक्ष बरालको भनाई छ । लान्यस क्लबको कारण गृहका बालबालिकाको मुहारमा खुशी छाएको भन्दै सहयोगीप्रति अध्यक्ष बरालले आभार ब्यक्त गरिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय