उर्लाबारी । झापाको दमक–८ मा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत कर्मचारी मुक्तिनाथ दाहालको आत्महत्याको विषयलाई विषय विद्यार्थी आन्दोलित बनेका छन् ।
कर्मचारी दाहाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै विद्यार्थीहरुले निरन्तर प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याललाई कार्वाहीको माग गर्दै आन्दोलन गर्दै आएका हुन् । प्रतिष्ठानले छानविन समिति बनाएर तत्काल कार्यकारी निर्देशक अर्याललाई काम नगर्न निर्देशन दिइसकेको छ । आइतबार शान्तिपूर्ण दबाबमुलक कार्यक्रम गर्ने तयार भएपनि अराजक समूहको घुसपैठ गरी उर्लाबारी–३ स्थित प्रतिष्ठान प्रवेशद्धार अगाडिको सीसी क्यामेरा तथा कुर्सी तोडफोड गरेका छन् । साथै प्रहरीमाथी नै विद्यार्थी जाइलागेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले शान्तिपूर्ण आन्दोलन गर्न पकक पटक अनुरोध गरेपनि भिड प्रहरीमाथी नै जाइलागेको थियो । प्रहरीमाथी विद्यार्थी जाइलागेपछि इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली थप गरिएको थियो । विद्यार्थीहरुले प्रहरीविरुद्धसमेत नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई कार्वाही माग र पीडित परिवारलाई न्याय दिन माग गरेका थिए । केहीबेर प्रहरीसँग घम्साघम्सीका बीच शान्तिपूर्वक प्रशासनमा तालाबन्दी मात्र गर्ने भनिएपछि सोही अनुसार तालाबन्दी गरिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय