विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार तीन संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना देखिएपछि प्रतिष्ठानमा उपचाररत धरान ८ का ६२ बर्षीय महिला, दुहबी नगरपालिकाका ६५ बर्षीय पुरुष र धनकुटाका ६१ बर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो । योसंगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

धरानकी महिलामा असोज २१ गते कोरोना पुष्टि भएको थियो । दुहबीका पुरुषमा असोज १५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । धनकुटाकी ६१ वर्षीया वृद्धा महिला जिल्ला अस्पतालबाट असोज १६ गते रेफर भएर प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय