मोरङ । आज भोली बजारमा गुर्जोको माग बढेको छ । खेतबारी र जंगलमा पाइने यो वनस्पतिबारे यसअघि कमैलाई मात्र थाहा थियो । कोराना महामारी बढ्दै गएपछि गुर्जोको माग बढेको विज्ञ बताउँछन् । यो कोरोनाको औषधि होइन तर मिलाएर खाएमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विज्ञ बताउँछन् ।
गुर्जो जुनसुकै उमेर समूहले पनि खान मिल्छ । खाने तरिका भने उमेर र तौलअनुसार फरकफरक हुन्छ । ‘आयुर्वेद चिकित्सकको सल्लाहअनुसार खानुपर्छ । आफ्नै तरिकाले मात्रा निर्धारण गरेर खानु घातक हुन सक्छ’, वैद्य भन्छन् ।
कोरोना संक्रमण बढ्दै गएपछि गुर्जोको माग धेरै भएको उनी बताउँछन् । मागअनुसार सेवाग्राहीसमक्ष पुर्याउन नसकिएको उनको भनाइ छ ।
गुर्जो समुद्री सतहको ३०० मिटर देखि १८०० मिटरको उचाइमा विभिन्न भौगोलिक क्षेत्रमा पाइन्छ । यो लहरा प्रजातिको वनस्पति हो । तराई तथा चुरे क्षेत्रमा पाइने गुर्जोको पात पानको जस्तै हुन्छ । यसको डाँठ फुस्रो हुन्छ ।
महाभारत पर्वत शंखलामा पाइने गुर्जोको कालो डाँठ हुन्छ । उच्च हिमाली भूभागको सेपिलो भागमा पाइने गाने गुर्जो औषधीय उपयोगका हिसाबले उत्तम मानिन्छ । संस्कृतमा गुडुची वा अमृता भनिने गुर्जोको बोटानिकल नाम टिनोपोरा कोर्डिफोलिया हो । बैद्यका अनुसार गुर्जोको पातमा क्याल्सियम प्रोटिन फस्फोरस प्रचुर मात्रामा पाइन्छ । यो कमलिपत्तको प्रभावकारी औषधि हो । गुर्जोको डाँठमा स्टार्च सँगसँगै यसमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइन्छ । रगतको शुद्धता र वृद्धि, हृदयाघातको जोखिम न्यूनीकरण, मधुमेह नियन्त्रण र छालामा चमक, मुहारमा कान्ति वृद्धिकाका लागि उत्तम मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय