दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको मिक्लाजुङ वडा नं. ८ को कार्यालयले जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, गर्भवती महिला र एकल महिलाहरुलाई अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ ।
वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) ले सूचना जारी गरी मिक्लाजुङ–८ भित्र रहनुभएका जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, गर्भवती महिला र एकल महिलाहरुलाई बिरामी भई झापा, मोरङ र सुनसरीभित्रका अस्पताल लैजान एकतर्फी एम्बुलेन्स सेवा वडाबाट निःशुल्क प्रदान गरिने जनाउनुभएको हो । वडाबासीहरुलाई सरकारको अनुभूति दिलाउन यो कार्यक्रम ल्याएको वडाध्यक्ष कुँवरले बताउनुभएको छ । कोही पनि पैसाको अभावमा अस्पतालसम्म जानबाट बञ्चित नहोस् भन्ने वडा कार्यालयले पहिलो चरणमा जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, गर्भवती महिला र एकल महिलाहरुलाई अस्पतालसम्म निःशुल्क पु¥याउने ब्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । ‘जनताको सेवक बन्छौं भनेर हामी जनप्रतिनिधिमा निर्वाचित भएका छौं’ उहाँले भन्नुभयो–‘ मेरो कार्यकालभरी वडाभरी जनमुखी कामलाई प्राथमिकता राखेका काम गछौं ।’ सिमित स्रोत साधनलाई प्रयोग गरेर वडाबासीहरुलाई धेरैभन्दा धेरै सेवा दिन वडा कार्यालय लागि परेको उहाँको भनाई छ । कुँवर नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसअघि माओवादीबाटै निर्वाचित मिक्लाजुङ वडा नं. ५ बाट निर्वाचित वडाध्यक्ष मेघराज तामाङले वडाभरीका अपाङ्गता भएका ब्यक्तिलगायतलाई आफ्नो सेवासुविधाबाट एम्बुलेन्स सेवा प्रवाह गरिरहनुभएको छ । त्यस्तै, माओवादीबाटै निर्वाचित गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले आफ्नो सेवा सुविधा जनताकै हितमा प्रयोग गर्ने घोषणा गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय