उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्टले होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई भव्य कार्यक्रमबीच विदाई गरेको छ ।
मोरङको सुन्दरहरैंचा–९ विराटचोकस्थित नेपालिरिका होटलमामा आयोजित कार्यक्रममा होटल म्यानेजमेन्ट अन्तर्गत कक्षा १२ मा अध्ययनरत ६१ जना विद्यार्थीहरुलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राको सफलताको शुभकामनासहित विदाई गरिएको हो । पछिल्लो समय युवापुस्ताको आकर्षण होटल म्यानेजमेन्ट शिक्षातर्फ बढ्दो क्रममा रहेको अवस्थामा पूर्वी नेपालमै व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजमा होटल म्यानेजमेन्ट अध्ययनका लागि ख्यातिप्राप्त कलेजका रूपमा स्थापित हुँदै गएको छ ।

May be an image of one or more people and people smiling
कार्यक्रममा बोल्दै कलेजका संस्थापक साजन श्रेष्ठले विद्यार्थीहरुलाई दक्ष, आत्मविश्वासी र प्रतिस्पर्धी बनाउने उद्देश्यले कलेजले व्यवहारिक शिक्षामा विशेष जोड दिँदै आएको बताउनुभयो । उहाँले होटल म्यानेजमेन्टका आधारभूत प्राक्टिकलका अतिरिक्त बेकरी, बारिस्ता, बारटेन्डिङ, फ्लावर डेकोरेशन, प्राथमिक उपचार तथा व्यक्तित्व विकाससम्बन्धी अतिरिक्त कक्षासमेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो । ‘हामी विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित राख्दैनौं,’ उहाँले भन्नुभयो, ‘व्यवहारिक सीप, अनुशासन र आत्मविश्वास विकासमार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने हाम्रो लक्ष्य हो ।’ उहाँका अनुसार होटल म्यानेजमेन्ट अध्ययनले विद्यार्थीलाई रचनात्मक, जिम्मेवार तथा सामाजिक रूपमा परिपक्व बनाउने मात्र नभई विभिन्न देशका भाषा र संस्कृति बुझ्ने अवसरसमेत प्रदान गर्छ । यस क्षेत्रमा एकभन्दा बढी करियर विकल्प, अन्तर्राष्ट्रिय भ्रमणको अवसर, सम्मानजनक पेशा तथा उच्च आम्दानीको सम्भावना रहेको उहाँको भनाइ थियो ।
विद्यार्थी तथा अभिभावकहरुले पनि कलेजले व्यवहारिक, गुणस्तरीय र रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको भन्दै प्रशंसा गरेका थिए । ‘यहाँ पढाइ मात्र होइन, व्यवहार र व्यक्तित्व विकासमा समेत ध्यान दिइन्छ,’ एक अभिभावकले भन्नुभयो, ‘विद्यार्थीको भविष्यप्रति कलेज गम्भीर देखिन्छ ।’ कार्यक्रममा पीवीआईएचएम कलेज धरानका अध्यक्ष अनिल श्रेष्ठ, सीईओ अभिषेक श्रेष्ठ, सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष सरोज बस्नेत, एफ एण्ड बी डिपार्टमेन्ट प्रमुख संजय सोनार, खाद्य उत्पादन प्रमुख मनिष शेफ , खाद्य उत्पादन प्रशिक्षक अभी लामा कार्की, हाउसकिपिङ विभाग प्रमुख सुमीरा लिम्बुलगायतको उपस्थिति रहेको थियो ।
फ्रन्ट अफिस प्रमुख जिहाङ्मा सुब्बा ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शैक्षिक निर्देशक सचिन लिम्बूले कलेजले सेवा मूलक भावनासहित दक्ष जनशक्ति उत्पादनमा काम गरिरहेको बताउनुभयो । उहाँले होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थी होटल, रिसोर्ट, रेष्टुरेन्ट, बैंक, मल्टिनेशनल कम्पनी, विमान कम्पनी, एयरपोर्ट, ट्राभल एजेन्सी, टुरिस्ट गाइड तथा बेकरीलगायत विभिन्न क्षेत्रमा सफल करियर बनाउन सक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । सर्वोत्कृष्ट विद्यार्थीको उपाधि एलएक्स दाहालले प्राप्त गर्नुभयो । कार्यक्रम सञ्चालन विवेक न्यौपाने ले गर्नुभएको थियो । कलेजले नाफामुखीभन्दा सेवामूलक भावनालाई आत्मसात् गर्दै गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गरिरहेको जनाएको छ । यहाँ अध्ययन गरेका विद्यार्थीहरुको स्वदेशदेखि विदेशसम्म उच्च माग रहेको कलेज प्रशासनले जनाएको छ ।

May be an image of one or more people, people smiling and temple

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय