उर्लाबारी, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मोरङको उर्लाबारीमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
सञ्चार क्लब नेपाल उर्लाबारी मोरङको आयोजनामा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनका लागि सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागी पत्रकारहरूले सञ्चारकर्मीहरू सधैं प्रतिपक्षी भूमिकामा रहेर समाजका विषय उठाउने भए पनि उनीहरूको व्यावसायिक सुरक्षा अझै कमजोर रहेको धारणा व्यक्त गरेका थिए। साथै सरकारी नीतिहरूप्रति असन्तुष्टि जनाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि ठोस पहल आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष डिपी खतिवडा, पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, अनलाइन टिभी पत्रकार संघ कोशी प्रदेश अध्यक्ष किशोर श्रेष्ठ, धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमाल, नेपाल पत्रकार महासंघ मोरङका पूर्व उपाध्यक्ष मोहन भट्टराई तथा आप्रवासी श्रमिक सञ्जाल उर्लाबारीका अध्यक्ष सन्तोष दाहाल लगायतले प्रेस स्वतन्त्रताको पक्षमा एकबद्धता जनाएका थिए।
कार्यक्रमको सञ्चालन क्लबका महासचिव पुजन दासले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय