उर्लाबारी÷ जातीय छुवाछुत गरेको आरोपमा मोरङको उर्लाबारीबाट दुई जना पक्राउ परेका छन् । उर्लाबारी–४ की ३० वर्षीया कोपिला बर्देवाले आफू सानो जात भएकै कारण ससुराको काज किरिया संगोलमा गर्न नपाएको भन्दै जातीय छुवाछुत कसुरमा परिवारका छ जना बिरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको हो ।
आफूलाई सानो जात भन्दै सामुहिक किरियामा बस्न नदिएको र घाटमा समेत लछारपछार गरेपछि श्रीमान् दिवस गहतराजलगात परिवारका छ जना बिरुद्ध कोपिलाले छुवाछुत कसुरमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएकी थिइन् । उनले दिवससहित सासू ५५ बर्षीया सुनिता गहतराज, दिवसकी जेठी पत्नी ३२ बर्षीय तारा गहतराज, जेठाजु ४० बर्षीय दिपक गहतराज, ३८ बर्षीय सम्भू गहतराज र ताराकी बहिनी २५ बर्षीया शारदा घतानी विरुद्ध छुवाछुत कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।
दुई जनालाई पक्राउ गरिएको जनाउँदै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले अन्यको खोजी कार्य भइरहेको बताए । यद्यपि, पक्राउ परेकाहरुको नाम भने उनले खुलाउन चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय