उर्लाबारीका पहिलो राष्ट्रिय फुटबल खेलाडी हुनुहुन्छ, सञ्जिब बुढाथोकी । ४४ वर्षीय अध्यक्ष बुढाथोकी मोरङको उर्लाबारी नगरपालिका–२ मङ्गलबारेका हुनुहुन्छ । बुढाथोकीले व्यवसायिक रूपमा २०५९ सालबाट खेल जीवन अघि बढाउनुभएको थियो ।
उहाँले ए–डिभिजन खेल्नेक्रममा २०५९ बाट ०६२ सालसम्म न्युरोड टिम (एनआरटी)मा बिताउनुभयो । तीनवर्षको समयपछि उहाँले २०६८ सालसम्म अर्को चार वर्ष थ्री स्टारमा आबद्ध हुनुभयो । उहाँले थ्री स्टार क्लबको क्याप्टेनको जिम्मेवारीसमेत बहन गर्नुभयो । त्यसपछि उहाँ रानीपोखरी कर्नर टिम (आरसिटी) मा जोडिनुभयो । उहाँले २०६७ मा विश्वकप छनोटका क्रममा ओमनविरुद्ध होम एन्ड अवे खेल्नुभएको थियो । ए–डिभिजनपछि उहाँले आफ्नो फुटबल जीवन प्रशिक्षकतर्पm मोड्नुभयो । प्रशिक्षकतर्फ उहाँले बी लाइसेन्स लिनुभएको छ । उहाँले ए–डिभिजन क्लब हिमालयन शेर्पा, चर्च ब्वाइज, मोरङ फुटबल क्लब, विराटनगर महानगरपालिकाको टोलीलगायतलाई प्रशिक्षण दिइसक्नुभएको छ । बुढाथोकी हाल मोरङ जिल्ला फुटबल संघका अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय