विराटनगर । मोरङमा दीपावली र छठ पर्वमा हुने कुनैपनि साँस्कृतिक तथा सामाजिक कार्यक्रम र भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

कोरोना भाइरसको संक्रमण विस्तार हुँदै गएको अवस्थामा चाडपर्वमा भिडभाड हुनेगरि पुजापाठ, भजन–किर्तन जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणमा अपिल गरेको हो ।

सार्वजानिक रुपमा यस्ता पर्व मनाउँदा कोरोना संक्रमणको जोखिम अझै बढ्न सक्नेतर्फ सचेत रहन प्रशासनले नागरिकसँग अनुरोध गरेको छ । जिल्लामा ७ हजार ५०० सय संक्रमितमध्ये अझै ४ हजार उपचाररतः रहेको र १४० जनाको मृत्यु भएको स्मरण गर्दै प्रशासनले चाडपर्वका नाममा हुने भेला र जमघटले थप जोखिम निम्तिनसक्नेतर्फ सचेत गराएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा जारी सार्वजानिक सूचनामा दिपावलीको देउसी तथा छठ पर्वमा विभिन्न जलासयमा भेला र भीडभाड नगरिदिन अपिल गरिएको छ । प्रशासनले कुनै शुभकामना आदनप्रदान, चियापान, उद्घाटन तथा शिलान्यास जस्ता कार्यक्रम पनि नगर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय