उर्लाबारी । मोरङको उर्लाबारीमा कोरोना संक्रमण बढेसँगै चिन्ता थपिएको छ । हालसम्म उर्लाबारीमा ९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
चाडपर्वमा बजारमा भिड बढिरहेको अवस्थामा आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, सुरक्षाकर्मी, नगर प्रहरी तथा संचारकर्मीको सहभागीतामा सचेत रहन नगरबासीमा अनुरोध गरियो । कोरोना पोजेटिभ देखिएकासमेत बजारमा हिँड्ने गरेको जानकारी आएकाले उर्लाबारी नगरपालिकामा थप कडाई बनाउने तयारी भइरहेको मेयर फागोले जानकारी दिए । उनले सबैले भिडभाडमा माक्स लगाउन र चाडपर्वलाई सभ्य तरिकाले घरमै बसेर मनाउन पनि अपिल गरेका छन् । उनले माक्स नलगाई भिडभाडमा जाने तथा कोरोना सतकर्ता नअपनाउनेलाई कार्वाहीसमेत गर्ने जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय