काठमाडौँ । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ ।

आइतबार अपराह्नको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११५५ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका सुहाङ नेम्वाङले १०७२ मत पाएका छन् ।

मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले भन्दा रास्वपाका उम्मेदवार मिलन लिम्बुले कम मत ल्याएका छन् । डकेन्द्रले ३१३ मत पाउँदा मिलनले २११ मत पाएर चौथो स्थान हासिल गरेका छन् ।

यस्तै हालसम्म २ हजार ८०६ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार धनराज राना मगरले शून्य मतमात्रै पाएका छन् । यसैगरी राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङले ६, जनमत पार्टीका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ५ मत पाउँदा एकीकृत समाजवादीका जीत बहादुर राईले ६ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय