उर्लाबारी । इलाम क्षेत्र नं. २ को फाकफोकथुम, चुलाचुली र माङसेबुङ १,२,३ र ४ मत गनिसक्दा पनि एक जना स्वतन्त्र उमेद्वारले भने अहिलेसम्म एउटा भोट पनि पाएका छैनन् ।
महिला चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले हजारौं भोटि गनिसक्दा पनि खातासमेत खोल्न नसकेका हुन् । पूर्व माध्यमिक शिक्षक गौतम इलामका परिचित व्यक्ति समेत हुन् । तर, उनले एक भोट पनि ल्याउन सकेका छैनन् ।
गौतम यसअघि लिम्बुवान मुभमेन्टमा समेत आवद्ध थिए । यसअघिको निर्वाचनमा उनले बिपी कांग्रेसबाट उम्मेद्वारी दिएका थिए । यसपटक बिपी कांग्रेसले पनि नपत्याएपछि यसपटकको चुनावमा गौतम महिला चुनाव चिन्हबाट स्वतन्त्र उमेद्वार बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय