उर्लाबारी । कोशी खेलकुद विकास बोर्डका सदस्य शैलेशकुमार विष्टले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो ।
मोरङको उर्लाबारीमा आज भएको नेपाल क्वान मुकान कराँते डो संघ कोशी प्रदेशको भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि बोर्ड सकारात्मक रहेको बताउनुभएको छ ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष जनक सुवेदी, प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष इन्द्र लामालगायतले बोल्नुभएको छ । कार्यक्रम केन्द्रीय प्रतिनिधि चन्द्रबहादुर धिमालको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय