उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा बाख्राको उत्पादन बढाउनका लागि बोयर जातको बोका वितरण गरिएको छ ।
बिहीबार मोरङको मिक्लाजुङ–१ को आइतबारेमा एक कार्यक्रमका बीच ६० वटा बोयर जातको बोका वितरण गरिएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशतको साझेदारीमा बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रम अन्तरगत बोयर जातको बोका वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ प्रमुख डा. अजयकुमार साहले बाख्रापालक कृषक बढ्दै जाँदा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बोका वितरण गरिएको बताउनुभयो ।
नश्ल सुधार गरेर उत्पादन बृद्धि गर्नका लागि बोका वितरण गरिएको मिक्लाजुङ वडा नं. १ का वडाध्यक्ष पर्वत राईले बताउनुभयो । बोयर बोकाले वडा क्षेत्रमा उन्नत जातका बाख्राको वंश वृद्धि हुने वडा कार्यालयले जनाएको छ । खँदिलो जिउडालको हुने बाख्रामा बोयर जात उन्नत र चाँडै मासु बढ्ने मानिएको छ । कृषक समूहका अध्यक्ष बिरेन्द्र लिम्बूको सभापतित्वमा उक्त कार्यक्रममा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय