उर्लाबारी । प्रकृति पूजक दनुवार जातिले आफ्नो महान चाड सातुवाइन (वोनचुमान) भव्यताका साथ मनाएका छन् ।
प्रकृति पूजक दनुवार जातिले देवी देवता तथा इष्टदेवताः विहिवानीको पूजाआजा गरी सातुवाइन पर्व मनाएका हुन् । दनुवार जागरण समन्वय समिति नगर समितिको आयोजनामा उर्लाबारी–१ लक्ष्मीझारमा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।
कार्यक्रममा दनुवार जातिको मौलिक नृत्य छलमिरधुङ, हजारमा लाखौंमा प्रस्तुत गरिएको थियो ।
दनुवार जागरण समन्वय समिति नगर समिति अध्यक्ष बबिता दनुवारको सभापतित्वमा भएको कार्यक्रम उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीका अध्यक्ष समशेर लिम्बू, उर्लाबारी वडा नं. १ का वडाध्यक्ष तिलक पाण्डे, सिद्धार्थ एग्रिगेट उर्लाबारीका अध्यक्ष सचिन शाक्यलगायतले बोल्नुभएको थियो ।
नेपाल सरकारद्वारा सूचिकृत आदिवासी ÷ जनजातिमध्ये अतिसीमान्तकृत आदिवासी ÷ जनजातिको समूहमा पर्ने दनुवार नेपालको तराई, भित्री मधेश र पहाडी गरी ६२ वटा जिल्लाहरूमा छरिएर बसोबास गर्दछन् । दनुवारहरूको आफ्नै रीतिरिवाज, संस्कार, संस्कृति, भाषा, चालचलन रहने गर्दछ । दनुवार जातिको भाषालाई ‘दनुवारी’ भनिन्छ भने जातीय पहिरनमा महिलाहरूले फरिया, चोलो, आचल, पटुकी, श्रीबन्दी, डुङ्ग्री, बुलाकी र पुरूषहरूले कुर्ता र कछाड लगाउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय