विराटनगर । प्रदेश १ सरकारले देशमै पहिलो पटक स्थापना गरेको मनमोहन प्राविधिक बिश्वबिद्यालयले आगामी शैक्षिक सत्रदेखी पानी जहाज र रेल्बे ईन्जिनियरिङगको स्नातक तहको पढाई सुरु गर्ने तयारी थालेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन पोलिटेक्निक ईन्स्टीचयुटलाई स्तरोन्नती गरेर प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले आगामी शैक्षिक सत्र २०७८।०७९ देखी स्नातक तहमा चार बर्षे पानी जहाज र रेल्बे ईन्जिनिरिङङको पढाई सुरु गर्ने तयारी थालेको हो । यससँगै आगामी शैक्षिक सत्रदेखी स्नाताकोत्तर तहको पठनपाठन सुचारु गर्ने तयारी पनि मनमोहनले तीब्र बनाएको छ । पहिलो चरणमा डिग्री तहमा १२ जना र स्नातकमा एक सय जना बिद्यार्थी भर्ना गर्ने योजना रहेको छ ।
गत बर्ष प्रदेश सभाबाट बहुमतले कानुन पारित भएपछि प्रदेश १ सरकारले स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारी स्मृति प्रतिषठन मार्फत सञ्चालन हुदै आएको मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वबिद्यालयमा रुपान्तरण गरिसेकेको छ । यसैले मनमोहन स्मृति प्रतिष्ठानले मोरङको बुढीगंगा गाप ४ मा रहेको मनमोहनपोलिको कुल २ अर्ब ६५ करोड वरावरको भौतिक सम्पत्ती सञ्चालनको दायित्व २०७६ कार्तिकमै प्रदेश १ सरकारलाई हस्तान्तरण गरिसकेको छ । जसमध्ये १ अर्ब ५ करोड मुल्य वरावरको २० बिगाहा जमिन , ३३ करोड वरावरको ३१ व्टा भवन ,७ करोड ५१ लखको उपकरण ,३ करोड १५ लाखको फर्निचर ,१ करोड ३ लाख ३२ हजारको सवारी साधन ,४७ लाखको पुस्तक ,३ करोडको पार्टपुर्जाहरु ,र ८ करोड रुपैया वरावरको नगद कार्यरत १०३ जना शिक्षक र कर्मचारी थिए । यसबाहेक आवश्यक थप सम्पत्ती विश्वबिद्यालयले धमाधम जोडिरहेकोछ ।
दक्ष जनशक्त्तिको अभाव पुरा गर्न पानी जहाज र रेल्बे ईन्जिनियरिङगकाको पढाई
कानुन निर्माण भएर दायित्व समेत हस्तान्तरण भैसकेपछि मनमोहन विश्वबिद्यालयले मनमोहन अनुसन्धान केन्द्र स्थापना गरेर कृषी , पर्यटन , ईन्जिनिरिङ र जलस्रोतलाई मिलाएर आर्थिक संबृद्धिका लागि दक्ष जनशक्त्ति उत्पादन गर्नेगरि पाठयक्रम निर्माण गर्न लागेको सहकुलपति तथा समाजिक विकास मन्त्री जिवन घिमिरले बताए । मनमोहन बिश्वबिश्वबिद्यालयको सभाको उपकुलपति सहितको सबै पदाधिकारीहरु चालु बर्ष भित्रै नियुक्त्त गरेर २०७८ बैसाखभित्र पहिलो सभा सम्पन्न गर्ने योजना सरकारको रहेको सहकुलपति तथा समाजिक विकास मन्त्री जिवन घिमिरले बताए । उनका अनुसार सभा सम्पन्न भएपछि क्रमश अन्य पदिाधिकारीहरु, रजिष्टार , डिन र प्राध्यापक र प्रशासनिक कर्मचारीहरु पनि चालु आर्थिक बर्ष भित्रै नियुक्त्त भैसक्नेछन । उनले भने , ‘हामीले मनमोहन विश्वविद्यालयलाई आगामी १० बर्षभित्र दक्षिण एसियामै चिनिएको प्राबिधिक विश्वविद्यालय बनाउन एग्रेसिभ ढङगले काम गरिरहेका छौ ।’,
मनमोहन प्राविधिक बिश्वबिद्यालयमा आगामी शैक्षिक सत्रको भदौ असोजदेखी स्नातक र स्नातोकोत्तर तहको पठनपाठन सुरु हुने र त्यसकालागि पाठयक्रम धमाधम निर्माण भैरहेको विश्वबिद्यालयका कार्यकारी प्रमुख डा,सुभाषश्री पोखरेलले बताए । प्रमुख पोखरेलका अनुसार देशमा पुर्वपश्चिम रेलसेबा सञ्चालन हुने निश्चित भैसकेको र त्यसका लागि आवश्यक जनशक्त्ति नभएकोले पहिलो प्राथमिकतामा राखिएको हो । यसैगरि देशका ठूला नदीहरुमा साना पानी जहाजहरु सञ्चालन हुन थालेको र त्यसको चालक र प्राबिधिकहरुको अभाव रहेको छ । साथै जहाज र बोटहरु पनि देशमा निर्माण हुन नसक्दा महंगोमा बिदेशबाट खरिद गरेर ल्याउनु परिररेहेको छ । प्रमुख डा पोखरेलले भने , ‘यसैले हामीले आगामी बर्ष २०७८ ।०७९ देखी सिभिल ईलेक्ट्रिोक्सि बिषयको स्नातक तहको पानी जहाज र रेल्बेको पढाईलाई उच्च प्राथमिकता दिएर चार बर्षे कोर्ष निर्माण गर्न थालेका हौ ।’
प्रमुख पोरेलका अनुसार आगामी बषैदेखी नै हिमाल ,, पहाड र तराईमा घर , बाटो , पुल , बनाउने जनशक्त्तिका लागि सिभिल ईन्जिनिरिङको पढाई पनि हुदैछ । त्यसपछि क्रमश मनमोहनले दश बर्ष भित्रमा ब्याचलर अफ मेडिकल ल्याब टेक्निोलोजी (विएमएलटी) आँखा उपचारका स्वास्थ्यकर्मीहरुका लागि ‘अप्टिमेट्री’ , अनि मास्टर्स अझ पब्लिक हेल्थ (एमपिएच) र बायोमेडिकल ईन्जिनियरिङ बिषयमा पनि पढाई सुरु गर्नेछ । दश बर्ष भित्रमा पर्यटन , एग्रिकल्चर , भेटनरी , पब्लिकहेल्थ , रेडियोग्राफि , फार्मेसी , आयुर्बेद , आँखा , डेन्टल , सर्जन , आर्केटिक , (जियोमेटिक (नापी) हाइबे सर्बे लगायतका बिभिन्न थप १३ वटा प्राबिधिक बिषयमा पठनपाठन गराउने योजना मनमोहनले बनाएको कार्यकारी प्रमुख पोखरेले बताए ।
उनका अनुसार आगामी शैक्षिक सत्रदेखी पठनपाठन सुचारु गराउनका लागि बुढीगंगा ४ हात्तीमुढामा केन्द्रिय कार्यालय स्थापना भैसकेको छ । सोही स्थानमा एक हप्ता भित्रै नयाँ परामेडिकल भवनको शिलान्यास हुदैछ । अटोमोवाइल्स ईन्जिनिरिरिङ ल्याव धमाधम निर्माण भैरहेको छ । त्यसपछि क्रमश अन्य संकायका भवन , ल्याब अनि डिन , रजिष्टार र परीक्षा कार्यालयहरु स्थापना हुदैजानेछन । प्रमुख पोखरेलका अनुसार आगामी शैक्षिक सत्रदेखी पठनपाठन सुरु हुनेभएकोले केन्द्रिय कार्यालय आसपासमा आधुनिक देशकै नमुना हर्बल गार्डेन निर्माण गर्ने र साइन्स म्युजिम बनाउने तयारी पनि थालनी भैसकेको छ । जसका लागि हाल मनमोहनले परिसरमै रहेको ५ बिगाहा जग्गा छुटयाएर ३५ लाख बरावरको संरचना पनि निर्माण गरिसकेको छ । त्यसकालगि २५ करोड लागतको प्रस्ताव तयार गरिएको छ ।
आगामी शैक्षिक सत्रदेखी पठनपाठन सुरु गर्नकालागि मनमोहन प्राविधिक विश्वविद्यालयका आन्तरिक नियमावली र निर्देशिकाहरु निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसेकेको कानुनी सल्लाहकार कोषराज न्यौपानेले बताए ।
मनमोहनले पहिलो चरणमा केन्द्रिय कार्यालय रहेका आफना आंगिक क्याम्पसहरु मार्फत स्नताक र स्नातोकोत्तरको पढाई सञ्चालन गर्ने छ । त्यसमा सफलता हासिल गरेपछि क्रमश सार्वजनिक निजी साझेदारीमा प्रदेश भरका पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर , शंखुवासभा , सोलुखुम्बु , लगायतका जिल्लामा आंगिक क्याम्पसहरु संचालन गर्ने योजना छ ।
मनमोहन पोली अब आंङिगक क्याम्पस
१६ असार २०६० मा भारतसरकारसँग सम्झौता भएर २०६२ देखी औपचारिक रुपमा प्राबिधिक बिषय पठनपाठन हुनथालेको स्वर्गीय पुर्वप्रधानमन्त्री मनमोहन अधिकारी स्मृति प्रतिष्ठान मार्फत संचालन हुदै आएको मनमोहन पोलि टेक्निक अब प्रदेश १ सरकार मार्फत प्राबिधिक विश्वविद्यालयका रुपमा संचालन भैरहेको छ । मनमोहन पोलिले सिभिल ईन्जिनियरिंङ, आर्किटेक , ईलेक्ट्रिक लगायत बिभिन्न ६ वटा प्राबिधिक बिषयमा डिप्लोमा तह संचालन गरिरहेको यो पोली अब आंगिक क्याम्पसका रुपमा सञ्चालन हुनेछ । मनमोहन पोलिबाट हालसम्म १४ सय ३० जनाले डिप्लोमा उत्तीर्ण गरिसको छन । ५५ सय जनाले छुट अवधि समयको शीपमुलक बिभिन्न तालिमहरु लिइसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय