कात्तिक १३ गते ससुराको निधन भएपछि सानो जातको भएको भन्दै अन्त्येष्टि कार्यमा सामेल हुन नदिएको र काजक्रिया गर्न समेत अलग्गै घरमा बस्न बाध्य पारिए पछि कोपिला बर्देवाले कार्तिक २३ गते आफ्नै जेठाजु तथा नेपाल दलित संघ उर्लाबारी नगर अध्यक्ष दिपक गहतराज सहित ६ जना बिरुद्ध जातिय विभेद तथा छुवाछुत कसुर गरेको अभियोगमा किटानी जाहेरी दर्ता गराएको १९ दिन बितिसक्दा पनि अभियुक्तहरु पक्राउ परेका छैनन् ।

जातीय विभेद र छुवाछुत गर्ने उर्लाबारी ४ आइतवारेका सासु ५५ वर्षीया सुनिता गहतराज, श्रीमान ३६ वर्षीय दिवस गहतराज, जेठाजुहरु दिपक र शम्भु गहतराज, ३२ वर्षीया तारा गहतराज र आफन्त झापा विर्तामोडकी २५ वर्षीया शारदा घतानी बिरुद्ध किटानी जाहेरी दर्ता गराएको ५ दिन पछि दिवस गहतराज र तारा गहतराजलाई पक्राउ गरिए पनि दिपक गहतराज सहित ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

१० बर्ष अगाडि दिवस गहतराज संग प्रेम विवाह गरेकी कोपिलाको ८ वर्षकी छोरीसमेत रहेको र गहतराज परिवारकै संरक्षणमा बस्दै आएको कान्छी बुहारी कोपिला बर्देवालाई जातीय विभेद तथा छुवाछुत कसुर बिरुद्धको मुद्दामा सौदाबाजी गर्ने उद्देश्यले गहतराज परिवारले बहुबिबाहको मुद्दा दर्ता गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय