उर्लाबारी । हाम्रोमा सामुदायिक विद्यालय भन्ने बित्तिकै नाक खुम्च्याउने चलन नै छ । सामुदायिकको तुलनामा निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा कतिपय सामुदायिक विद्यालयहरुले आफुलाई अब्बल सावित गरिरहेका छन् ।
मोरङ जिल्लामै नाम चलेको सामुदायिक विद्यालयमा पर्छ, राधिका माध्यमिक विद्यालय । उर्लाबारी–६ मा रहेको यस विद्यालय २०२५ सालमा स्थापना भएको थियो । राधिकामा शिशु कक्षादेखि १२ कक्षासम्म र प्राबिधिक तर्फ कृषि बिषयको पढाई हुँदै आएको छ । यस विद्यालयमा २ हजार ४ सय ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा ४ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै ब्लग छ ।
कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन, शिक्षा, बाली विज्ञान, कानुन र विज्ञानको पढाइ भइरहेको प्रधानाध्यापक कुमार पोखरेलले जानकारी दिनुभयो । २०६६ सालदेखि उच्च मावि तहको पढाइ सुरु भएको थियो । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो । यस विद्यालयमा कक्षा ११ र १२ मा ५ सय ५० जना विद्यार्थी अध्ययरत रहेका छन् ।
२०८० सालको एसईईमा उर्लाबारीका सामुदायिक विद्यालयको निराशजनक नतिजा आउँदा राधिकाले भने उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । एसईईमा ३.६ जिपिए भन्दा माथि २ जना, ३.२ जिपिए भन्दा माथि ८१ जना, २.८ जिपिए भन्दा माथि १ सय ५ जना, २ जिपिए भन्दा माथि ७ जना विद्यार्थीले ल्याएको अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । ३ सय ३६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । जसमध्ये २ सय २९ जना सफल भएका छन् भने १ सय ६ जनाले मौका परीक्षा दिन पाएका छन् ।
व्यवस्थापन समितिका अध्यक्ष पोमुले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लगातारको मिहिनेतका कारण विद्यालयको शैक्षिक सुधार भइरहेको बताउनुभयो । ‘अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवम् जिम्मेवारी वोध तथा शिक्षकहरुमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको हो’ अध्यक्ष पोमुले भन्नुभयो । विद्यालयमा शैक्षिक सुधारसँगै निजी विद्यालय छाडेर भर्ना हुन आउनेको संख्या बढेको उहाँको भनाइ छ ।
जिल्ला स्तरमा सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत सो विद्यालयले राम्रो नतिजा ल्याउँदै आएको छ । कोशी प्रदेश सरकारको सहयोगमा १ जना विद्यालय नर्सको ब्यवस्थापन र विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । विद्यालयमा रहेको हेल्थ डेस्कले विद्यार्थीको सामान्य स्वास्थ्य परीक्षण, अत्यावश्यक औषधि वितरण तथा स्वास्थ्य सरसफाइ र महिनावारी भएको बेला सहयोग गर्ने गरिएको छ । विद्यालयमा अहिले सरकारी दरबन्दीमा रहेका ४२ सहित जम्मा ९२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

May be an image of text that says 'RADHIKA SECONDARY SCHOOL URLABARI 06, MORANG 2081 ADMISSION NOW OPEN FOR GRADE- -11 CongratulationstoSER SEE examinee students. Welcome to Radhika Faculties Agriculture •Science Management Law Education OUR FACILITIES Classr Classroom oom Library Canteen ICT lab SportField Sport Field Educational Tour Admission Open Form Distribution Date: 2081-03-15 to 2081-03-22 Entrance Date tranceDate:2081-03-23 2081-03-23 7:00AM 7:00 Contact 9842047322/9852028056/9801454131'

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय