उर्लाबारी । आगामी भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षमा राम थापासहित १३ पदमा मात्रै उम्मेद्वारी परेको छ ।
थापाको नेतृत्वमा उम्मेद्वारी दर्ता भएको हो । कोशी प्रदेशसभा उमाकान्त गौतमसहितको टिम पुगेर उम्मेद्वारी दर्ता गराएको छ । बरिष्ठ उपाध्यक्षमा इन्द्रबहादुर भट्टराई, बाणिज्य उपाध्यक्षमा सुनिल बोहोरा, उद्योग उपाध्यक्षमा विकास बुढाथोकी, महासचिबमा सम्झना खतिवडा, वाणिज्य सचिबमा विनिता दाहाल, उद्योग सचिबमा यज्ञबहादुर बस्नेत (भिरगाउँले) र कोषाध्यक्षमा नन्दकुमार दाहाल (नविन) को उम्मेद्वार परेको छ । बस्नेत एकीकृत समाजवादी निकट व्यवसायी हुनुहुन्छ । उहाँलाई उद्योग सचिबमा एमालेले समर्थन गरेको छ । त्यस्तै, सदस्यमा भगीरथा भट्टराई कोइराला (निलम), तिर्थकुराज अधिकारी (कुमार) र कमलेश्वर नायक सुडीको उम्मेद्वारी परेको छ । ५ जना सदस्य उम्मेद्वार रहनु पर्नेमा ३ जना मात्रै उम्मेद्वार एमालेले दर्ता गरेको छ । लेखा समिति संयोजकमा अम्बरबहादुर धिमाल र सदस्यमा इन्द्रबहादुर दाहाललाई मात्रै उम्मेद्वार बनाएको छ । एक जना लेखा समिति सदस्यमा एमालेले उम्मेद्वार नै पाएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय