उर्लाबारी । आगामी भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्षसहित बरिष्ठ उपाध्यक्ष र महासचिबमा स्वतन्त्र उम्मेद्वारी परेको छ ।
अध्यक्षमा विनोद न्यौपाने, बरिष्ठ उपाध्यक्षमा ज्ञानकुमार श्रेष्ठ (ज्ञानु), मनोहरि दाहाल, महासचिबमा नुतन राई (पिके) र टिकाप्रसाद भट्टराई (भाईटिका) को उम्मेद्वारी परेको छ । लोकतान्त्रिक समावेशी व्यावसायी साझा गठबन्धनले १६ पदमै उम्मेद्वारी दर्ता गराएको छ भने एमालेको प्रगतिशिलतर्फबाट १३ जनाको मात्रै उम्मेद्वारी परेको छ । संघको चुनावीसभाको लागि १६ वटा पदमा ३४ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समिति संयोजक महेन्द्रजंग तामाङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय