उर्लाबारी । नेपालीहरुको महान चाड तीज, दशै, तिहार, छैठ जस्ता चाडपर्व नजिकिएसंगै मोरङको उर्लाबारीका बजार सातादिन नै खुल्न थालेको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूका अनुसार शनिबार बन्द हुँदै आएको उर्लाबारी बजार छैठ पर्वसम्म खुल्ला रहने छ । उहाँले चाडपर्वमा उपभोक्ताहरुलाई किनमेल गर्न सहजता प्रदान गर्न बजार सातादिन नै खुलाउने निर्णय भएको बताउनुभयो । चाडपर्व भरि वजार खुला रहनेभएपछि उपभोक्तालाई सहजता हुने विश्वास अध्यक्ष सिरिङको छ । संघले सार्वजनिक सूचना निकालेर चाडपर्वलाई लक्षित गरेर उर्लाबारी बजार खुल्ला रहने जनाएको थियो । बर्सेनी तीज, दशै,तिहार चाडपर्वलाई मध्यनजर गरेर साता दिननै बजार खुल्ला गरिँदै आएको संघका अध्यक्ष सिरिङले बताउनुभयो ।
ADVERTISEMENT