उर्लाबारी, खासै प्रयोगमा नआएको तर उपयोगी ‘कृषि हलो’ उर्लाबारी ७ का दीपक भण्डारीको अवधारणा हो । बाँदर धपाउने यन्त्र बनाएर काफी चर्चा बटुलेका उनै भण्डारीद्वारा निर्मित फरक खालको कृषि हलो उर्लाबारी नगरपालिकाले प्रबद्र्धन गरेपछि उहाँ दंग हुनुहुन्छ । ‘चाइनिज टेक्नोलोजी’ फ्लो गरेर यस्तो हलो बानाइएको उहाँको कथन छ । अग्लो वा होचा जस्ता मानिसलेपनि सहजै जोत्न सक्ने, इन्धन नलाग्ने, शारीरिक उर्जापनि खासै खर्चिनु नपर्ने हलोको विशेषता रहेको भण्डारी बताउनुहुन्छ । ७ नम्बर वडाकै आश्रम टोलमा कृषि औजार र उपकरणहरु निर्माण गरी दिपक सप्लायर्स फर्म संचालनमा छ । उहाँले नगरपालिकाका मेयर गंगाप्रसाद खरेललाई आफ्ना उत्पादनका विशेषता अवगत गराएपछि नगरपालिकाले प्रोत्साहन गरेको भन्दै आफ्ना उत्पादनको बजारीकरणमा टेवा पुगेको प्रतिक्रिया दिनुभयो । यो कृषि हलो खासगरी मकै, आलु र अन्य तरकारी बालीका लागि खनजोतमा उपयोगी हुने भन्दै उर्लाबारी १ का कृषक नगेन्द्र मगरले आफ्नो समुहलाई उपलब्ध गराएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो । उर्लाबारी नगरपालिकाले पहिलो चरणमा ८० थान कृषि हलो खरिद गरेको हो ।
उर्लाबारी नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा ‘कृषि हलो’ वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत कृषकलाई व्यावसायिक बनाउने र स्थानीय उत्पादन लाई प्रोत्साहन गर्ने नगरपालिकाको अर्जुनदुष्टि रहेको उपमेयर मीना खतिवडा पौडेलले बताउनुभयो । प्रविधिको उपयोग गरी खेतबारी जोत्न सजिलो होस् भनेर मागमा आधारित भएर किसानलक्षित कार्यक्रमहरु ल्याईको उहाँकोको भनाइ छ । माग र आवश्यकताका आधारमा किसानलाई कृषि हलो वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले जानकारी दिनुभयो । उहाँले कृषिलाई यान्त्रिकीकरणमा जोडी उत्पादन लागत घटाउन यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँका अनुसार कृषकहरुको समुह र फर्मलाई हलो वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय