
उर्लाबारी । नेकपा(माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले विपद् व्यवस्थापनका लागि उपाध्यक्ष राजिव लिम्बूलाई विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न संयोजक तोकेको छ ।
विपद् व्यवस्थापनको पूर्व तयारीमा उर्लाबारी माओवादी जुटिसकेको संयोजक लिम्बूले जानकारी दिनुभयो । बाढीलगायतका विपद् व्यवस्थापन तथा उद्दारका काम खटिन लिम्बूको कमाण्डमा २१ जनाको टोली गठन भएको छ । जनताको पक्षमा कटिबद्ध भएर काम गर्न संयोजक लिम्बूले प्रत्येक वडाका प्रतिनिधि तथा सदस्यहरुलाई अनुरोधसमेत गर्नुभएको छ ।