उर्लाबारी । वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि डा. महावीर पुन देशभर पुस्तक यात्रा गरिरहनुभएको छ ।
केही दिनदेखि पुन उर्लाबारीका शहर बजारमा पुस्तक बेच्दै गरेको भेटिनुहुन्छ । ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक विक्रीमार्फत सहयोग जुटाउने अभियानमा उर्लाबारीका सामाजिक संस्था, निजी तथा सामुदायिक विद्यालयहरू, संघ संस्था, स्थानीय तहले साथ दिएका छन् । हालसम्म उर्लाबारीमा १ हजार प्रति पुस्तक बिक्री भइसकेको अभियन्ता अर्जुन लिम्बूले जानकारी दिनुभयो । पुन जेठ २८ गतेसम्म उर्लाबारीमै रहनुहुनेछ । पुस्तकको मूल्य सर्वसाधारणका लागि ७५० र विद्यार्थीका लागि ७०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय