
उर्लाबारी । मिक्लाजुङ गाउँपालिका वडा नं. ६ स्थित बक्रा खोलामा तटबन्धन काम सुरु भएको छ ।
कोशी बक्रा नदि व्यवस्थापन आयोजनाको कार्यालयबाट ठेक्का आव्हान भई साम्लिङ बिल्डर्श एण्ड सप्लायर्स प्रा.लि.ले निर्माण कार्यको जिम्मा पाएको हो ।
निर्माण कम्पनीका अनुसार असार महिना भित्र सम्पूर्ण काम सक्ने गरि निर्माण कार्य अघि बढाईएको जानकारी गराउनु भएको छ ।
साथै यस गाउँपालिकाको बक्रा खोला पुल उत्तर र आसपासका जोखिम पूर्ण क्षेत्रहरु मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलको साथमा कोशी बक्रा नदि व्यवस्थापन आयोजना कार्यालय प्रमुख रन्जनराज भट्टराई, सब ईन्जिनियर लक्ष्मी पासवानलगायतले अनुगमन गर्नुभएको छ । कार्यालय प्रमुख भट्टराईका अनुसार अति जोखिम पूर्ण ठाउँहरुमा तटबन्धनको लागि आवश्यक पहल भइ रहेको समेत जानकारी दिनुभयो ।