उर्लाबारी । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा मोरङको मिक्लाजुङ पुग्नुभएको छ । डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उहाँ आफै देश दौडाहा अभियानमा पुग्नुभएको हो । कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची महाकाली महाअभियान सञ्चालनका क्रममा बिहीबार मिक्लाजुङ गाउँपालिका पुग्नुभएको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले पालिकाकोतर्फबाट १ सय थान पुस्तक खरिद गरिदिनुभएको छ । अध्यक्ष राईले कृषि, स्वास्थ्य, खानेपानीका लागि आवश्यक उपकरण खरिद गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । पालिकामा भएको अन्तरक्रियामा अध्यक्ष राईले डा.महावीर पुनको महान अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । किसानको हातमा कृषि औजार पठाउने महान लक्ष्य पूरा गर्न पालिकाको तर्फबाट साथ र सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।

May be an image of 2 people and text
व्यक्तिगत लाभका लागि नभई राष्ट्रको कृषि औजार कारखाना सञ्चालनका लागि आफू लागि परेको स्पष्ट पार्नुहुँदै डा. पुनले अहिलेसम्म ११ करोड भन्दा बढीको पुस्तक विक्री गरिसकेको जानकारी दिनुभयो । विगत ३० वर्षदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना संचालनको लागि सरकारले वाचा गरे पनि आवश्यक बजेट उपलब्ध नगराएपछि पुनले आफ्नै जीवनीमा आधारित पुस्तक लेखेर त्यसको बिक्रीमार्फत रकम संकलन गर्ने निर्णय गर्नुभएको थियो । पुनद्वारा लिखित ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक विक्री गर्दै देशव्यापी यात्रामा निस्कनुभएको छ ।

May be an image of 12 people, clarinet and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय