ADVERTISEMENT

उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको राधिका माध्यमिक विद्यालयमा एक शिक्षकले विद्यार्थीहरुमाथि यौन दुव्र्यवहार गरेको रहस्य खुलेको छ ।
बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत जेठ–३० गते उर्लाबारी वडा नं. ७ का विभिन्न विद्यालयमा गरिएको नियमित अनुगमनका क्रममा सो घटनाको रहस्य बाहिरिएको हो । अनुगमनमा गएका उर्लाबारी–७ का सामाजिक अभियन्ता जीवप्रसाद कट्टेलले घटनाका बारेमा किशोरीहरुले ब्यक्त गरेको कुराकानी सामाजिक सञ्जालमा पोष्ट गरेपछि घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएपछि घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कार्वाहीको माग उठेको छ ।
शिक्षक तिर्थ श्रेष्ठले २ वर्षदेखि विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । अनुगमन टोलीले बालबालिकासँग अन्तरक्रिया गर्ने क्रममा कक्षा परिवर्तित नाम ‘ङ’ भन्दा माथि पढ्ने बालिकाहरुलाई शिक्षक तिर्थ श्रेष्ठले २ वर्षदेखि यौन दुव्र्यवहारको बताएका थिए । शिक्षक श्रेष्ठले बालिकाको गोप्य अंगमा हात लगाउने, औलाले चलाउने, कक्षा बन्द गरेर राख्ने, फरक खोल्न लगाउने, भुइँमा सुत्न बाध्य पार्ने, प्रश्न सोधेर मानसिक दबाव दिने, कहिलेकाहीँ पिट्नेजस्ता क्रियाकलाप गर्दै आएको विद्यार्थीहरूको अनुगमन टोलीलाई बताएका थिए ।
उक्त घटनाबारे विद्यार्थीले यसअघि अभिभावक र विद्यालयका फोकल पर्सनलाई जानकारी गराइएपनि विद्यालय प्रशासनबाट कुनै सुनुवाइ नभएको आरोप अनुगमन टोलीमा राखेका थिए । विद्यालयका प्रधानाध्यापक सुवास सापकोटाका अनुसार उक्त गुनासोपछि तत्काल विद्यालय व्यवस्थापन समितिको बैठक बोलाई शिक्षकलाई अध्यापन कार्यमा रोक लगाउने निर्णय गरी नगरपालिकाको कार्यालय र शिक्षा शाखालाई जानकारी दिइएको बताउनुभएको छ । बैठकमा शिक्षकले आफूमाथि लागेको आरोप अस्वीकार गरेको ‘कहिलेकाहीँ पढाइका क्रममा सामान्यरूपमा अनुशासनका लागि पिटेको हुँ, तर यौनदुव्र्यवहार आरोप गलत हो’ भन्ने प्रतिक्रिया दिएको विद्यालयका प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो । आरोपित शिक्षक श्रेष्ठको झापा जिल्ला स्थायी घर हो । उहाँ निमावि तहका दरबन्दीमा कार्यरत शिक्षक हुनुहुन्छ । यस विषयमा शिक्षक श्रेष्ठसँग हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु