मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–वडा नं. ९ स्थित कसेनी र उर्लाबारी नगरपालिका–वडा नं. १ अन्तर्गत सुकुम्बासी टोलका भिम बहादुर देवान र सन्दीप माझीलाई ईलाका प्रहरी कार्यालय मधुमल्लाले प्रतिबन्धित लागू औषध १८० ट्याब्लेटसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार, केही दिनअघि कसेनी र सुकुम्बासी टोल क्षेत्रमा प्रतिबन्धित औषधिको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरीले निगरानी बढाएको थियो। त्यसै क्रममा प्रहरीले देवान र माझीलाई आफ्नै घरमा लागू औषध बेचिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
पक्राउ परेकामाथि ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय