
उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयका दुई जना विद्यार्थीले उर्लाबारीकै सर्वाधिक अंकसहित उर्तिण भएका छन् ।
राधिकाबाट एसईईमा सहभागी भई रुवेश न्यौपाने र सुशान्त चौलागाईले ३.९६ जिपिएसहित उर्तिण भएका हुन् । यो अंक उर्लाबारीका सामुदायिक र निजी विद्यालयको तुलनामा बढी हो । राधिकाले यस पटक निजी विद्यालयहरुलाई पछि पार्दै आफुलाई अब्बल सावित गरेको छ । अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुँदै आएको राधिका उर्लाबारी क्षेत्रको नमूना विद्यालयमा स्थापित रहेको छ । राधिकाबाट सहभागीमध्ये ३९ जनाले ३.६ देखि ३.९६ सम्म जिपिए ल्याएका छन् भने ८२ जनाले ३.२ देखि ३.६ सम्म जिपिए, १ सय २ जनाले २.८ देखि ३.२ जिपिए, ३३ जनाले २.४ देखि २.८ सम्म जिपिए ल्याएर उर्तिण भएको प्रधानाध्यापक कुमार पोखरेलले जानकारी दिनुभयो ।