
सरोज बस्नेत, उर्लाबारी
शुक्रबार साँझ सार्वजनिक भएको एसईई परीक्षाको नतिजा अनुसार मोरङको मिक्लाजुङको १ सामुदायिक विद्यालयसहित ५ वटा संस्थागत विद्यालयले सतप्रतिशत नतिजा ल्याएका छन् ।
सामुदायिक विद्यालयतर्फ मिक्लाजुङ–१ को टाँडी माबिले सतप्रतिशत नतिजा ल्याएको छ । ४२ जना एसईईमा सहभागी रहेका थिए भने ४२ जना नै उर्तिण भएका छन् । त्यस्तै, मिक्लाजुङ–३ को कालिका माध्यमिक विद्यालयले ९६.२०, मिक्लाजुङ–४ को सरस्वती माबिले ९४.५९ प्रतिशत, मिक्लाजुङ–८ को देवकोटा माध्यमिक विद्यालयले ७५.०० प्रतिशत, मिक्लाजुङ–७ को भगवती माध्यमिक विद्यालयले ६९.६६, मिक्लाजुङ–७ को मनोहर जनता माबिले ६१.७० प्रतिशत र मिक्लाजुङ–६ को बक्राहा माध्यमिक विद्यालयले ५८.०६ प्रतिशत नतिजा ल्याएको छ । कालिकाबाट एसईईमा ७९ जना सहभागी भएका थिए भने ७६ जना उर्तिण भएका छन् । त्यस्तै, सरस्वती माबिबाट ३७ जना सहभागी भएकामध्ये ३५ जना उर्तिण भएका छन् । त्यस्तै, देवकोटाबाट ३६ जना सहभागी भएकामध्ये २७ उर्तिण भएका छन् । त्यस्तै, भगवतीबाट ८९ जना सहभागी भएकामध्ये ६२ जना उर्तिण भएका छन् । त्यस्तै, मनोहरबाट ४७ जना सहभागी भएकामध्ये २९ जना उर्तिण भएका छन् । त्यस्तै, बक्राहाबाट ३१ जना सहभागीमध्ये १८ जना उर्तिण भएका छन् । सामुदायिक विद्यालयतर्फबाट ३ सय ६१ ज्ना सहभागीमध्ये २ सय ८९ जना उर्तिण भएका छन् । सामुदायिकतर्फबाट ८०.०६ प्रतिशत नतिजा आएको छ ।
त्यस्तै, संस्थागत विद्यालयतर्फ मिक्लाजुङ–७ को रिलायन्स इङ्लिस स्कुल, भानु मेमोरियल इङ्लिस स्कुल, मिक्लाजुङ–८ को सरस्वती इङ्लिस स्कुल, क्यासिकल इङ्लिस, मिक्लाजुङ–९ मदरमधुमल्ला इङ्लिस स्कुलले सतप्रतिशत नतिजा ल्याएको छ भने मिक्लजाुङ–९ को निर्मलसिद्धार्थ इङ्लिस स्कुलले ९१.३० प्रतिशत नतिजा ल्याएको छ । रिलायन्सबाट ३७ जना, भानु मेमोरियलबाट २४ जना, सरस्वती इङ्लिस स्कुलबाट २० र क्यासिकल इङ्लिसबाट १८ जना सहभागी भएका थिए । उक्त विद्यालयबाट सहभागी भएका सबै सतप्रतिशत उर्तिण भएका छन् भने निर्मल सिद्धार्थ इङ्लिस स्कुल २३ जना सहभागीमध्ये २१ जना उर्तिण भएका छन् । संस्थागत विद्यालयतर्फबाट १ सय ३१ जना सहभागी भएकामध्ये १ सय २९ जना उर्तिण भएका छन् । संस्थागत विद्यालयतर्फ ९८.४७ प्रतिशत उर्तिण भएका छन् ।