उर्लाबारी । मोरङको उर्लाबारी–४ मा रहेको सप्तकोशी अंग्रेजी बोर्डिङ्ग सेकेण्डरी स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि आफ्नो गौरवपूर्ण परम्परा कायम राख्दै सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
विद्यालयले २०५८ सालदेखि एसएलसी (हालको एसईई) मा सहभागी हुँदै सतप्रतिशत नतिजा ल्याउँदै आएको हो । अहिलेसम्म हरेक वर्ष सतप्रतिशत नतिजा निकाल्दै आएको यस विद्यालयले यो पटक पनि निरन्तरता दिँदै आफुलाई अब्बल सावित गरेको छ । यो विद्यालयबाट २०८१ को एसईई परीक्षामा ६६ जना विद्यार्थीहरु सहभागी भएका थिए । तीमध्ये ३.६० भन्दा माथि जिपिए २३ जना, ३.२० भन्दा माथि जिपिए ३४ जना र २.८ भन्दा माथि जिपिए ९ जनाले ल्याई उर्तिण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय