उर्लाबारी, गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना पनि उत्तीर्ण नभई शून्य नतिजा भोग्नुपरेको उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयले यस वर्ष भने उल्लेखनीय सफलता हात पारेको छ।
विद्यालयबाट एसईई २०८१ मा सहभागी भएका १८ जना विद्यार्थीमध्ये सबै विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन्। विद्यालयका प्रधानाध्यापक सुवास सापकोटाका अनुसार यसपटकको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी सफल भएका हुन् ।
प्रधानाध्यापक सापकोटाले गत वर्षको नतिजाबाट पाठ सिक्दै विद्यालयले शैक्षिक सुधारमा जोड दिएको र त्यसअनुसार विद्यार्थीहरूको अध्ययनमा निरन्तर मार्गदर्शन, अतिरिक्त कक्षा, र शिक्षक–अभिभावक समन्वयमा काम गरेको बताए।
विद्यालयको यो परिवर्तनलाई स्थानीय अभिभावक, शिक्षा प्रेमी तथा सरोकारवालाहरूले सकारात्मक परिवर्तनको संकेत मानेका छन्।
यस्तो छ विद्यार्थीहरूको ग्रेड वितरण :
३.२–३.६ जीपीए : ३ जना
२.८–३.२ जीपीए : ९ जना
२.४–२.८ जीपीए : ५ जना
२.०–२.४ जीपीए : १ जना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय