सुनसरी । सुनसरीको इटहरीमा चर्चित फेसियल हाउसले आफ्नो सेवा विस्तार गरेको छ ।
१० औं शाखाको रुपमा फेसियल हाउसले सेवा विस्तार गरेको हो । शनिबार इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटेर १० औं शाखाको उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएकी उप–प्रमुख संगीताकुमारी चौधरीले राम्रो बन्ने चाहना सबैमा हुने बताउँदै सौन्दर्य सेवा महिलाहरूको आत्मविश्वास र पहिचानसँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउन सौन्दर्य व्यवसायले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । नगरपालिकाले पनि महिलाहरूलाई ब्युटिसियन तालिम प्रदान गर्दै आएको बताउँदै यसलाई रोजगारीमा रूपान्तरण गर्नेजस्तो व्यवसायको उपस्थितिले थप उत्साह मिलेको उहाँको भनाई छ ।
त्यस्तै, फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखाअन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताउनुभयो । ‘सुन्दर देखिने चाहना सृष्टिको आदिकालदेखि नै सबैलाई रहँदै आएको पाइन्छ’ उहाँले भन्नुभयो–‘समयको परिवर्तनसँगै यो चाहना महिला रपुरुष दुबैमा बढ्दै आएको छ ।’ उहाँले आजको प्रतिष्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासंगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकतालाई निर्विवादरुपमा प्राथमिकता दिन थालिएको बताउनुभयो । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, इटहरी वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेललगायतले बोल्नुभएको थियो । फेसियल हाउसले हेयर, व्युटी र स्किन केयर संगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिँदै आएको छ । इटहरी शाखाबाट ग्राहकहरूले हेयर केयर, स्किन केयर, स्किन टेस्ट, मेनिक्योर–पेडिक्योर, हाइड्रा फेशियल लगायतका अत्याधुनिक सेवा सुविधा एकै छानामुनि पाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय