
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलोपटक सार्वजनिक रूपमा पत्रकार सम्मेलन गर्न लागेकी छन्।
सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने घोषणा गरिसकेकी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता नवीकरण नगरेर रोक लगाएपछि उनले दिउँसो ३ बजे कार्की बैंक्वेटमा विशेष पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
एमालेको साउन ७ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता अमान्य ठहर गर्दै उनीमाथि पार्टीगत राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउने निर्णय गरेको थियो।
बैठकको निर्णयबारे यसअघि सार्वजनिक रूपमा खास प्रतिक्रिया नदिएकी भण्डारीले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन् ।