उर्लाबारी । मोरङको उर्लाबारी–७ चौकमा रहेको हिएण्डसी फेशन वेयरका सञ्चालक सुनिल अग्रवालले सानैदेखि व्यापार व्यवसाय सुरु गर्नुभयो । नेपालीहरुको चाडपर्वको अवसरमा उहाँले पसलमा भएका सबै सामान सेलमा राख्नुभएको छ ।

अग्रवालले ग्राहकको हित र स्कट क्लियरका लागि सिंगै पसल सेलमा राखेको बताउनुभयो । ‘अन्य पसलहरुमा सेल भनेर थोरै सामान राखिएको हुन्छ । आफुलाई मन परेको कलर र साइज पाइदै पाईदैन । हाम्रोमा त्यो समस्या छैन’ उहाँले भन्नुभयो । भदौं १ गतेदेखि १० गतेसम्म सबै सामान सेलमा राख्नुभएको छ । ग्राहकलाई पनि यसले सजिलो बनाएको छ । चाडबाडको समयमा ‘फेष्टिभ मुड’ हुने भएपनि आम सर्वसाधारणको गोजी रित्तो भएको अनुभव गर्नुभर्एका अग्रवालले ग्राहकलाई राहत दिनकै लागि सेल लगाएको दावी गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘हामीसंग स्टक धेरै भयो त्यहि कारण हामीले होलसेलमा किनेको रेटमा पनि घटाएर दिएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय