
उर्लाबारी–९ र दमक–१० सेतुमारि जोड्ने मावा पुलमा अहिले धमाधम मर्मत सुरु भएको छ।
ढुङ्गा, ग्याबियन बक्स र माटोले संरचना मजबुत पार्ने काम भइरहेकोले पुलमा आवतजावत पूर्ण रूपमा रोकिएको छ। स्कुले बालबालिका, बिरामी बोकेका एम्बुलेन्सदेखि सर्वसाधारण सबैलाई वैकल्पिक बाटो प्रयोग गर्नुपरेको छ।
स्थानीय टंक थक्लुङ भन्छन्, “अब गुणस्तरीय रूपमा काम सम्पन्न हुनुपर्छ, नत्र फेरि केही वर्षमै समस्या दोहोरिन सक्छ।”
२०७१ सालमा करिब ४ करोड ४० लाखमा बनेको यो पुल संरक्षणको कमीले जीर्ण बनेको थियो। अहिले सुरु भएको मर्मतले स्थानीयमा दीर्घकालीन समाधानको आशा जगाएको छ।