
काठमाडौं । आगामी कार्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगको आह्वानमा उपनिर्वाचनका लागि २६ दल दर्ता भएका हुन् ।
उपनिर्वाचन प्रयोजनका निम्ति यही साउन २१ देखि २७ गतेसम्म दल दर्ताको समय तोकिएको थियो ।