
उर्लाबारी, गत भदौ २३ र २४ गते देशव्यापी रुपमा चलेको जेन जी आन्दोलनका क्रममा उर्लाबारी नगरपालिकासहित ९ वटै वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ। सो घटनापछि २ नम्बर वडा सञ्चालन र क्षतिका विषयमा बिहिबार वडा कार्यालयमा सर्वपक्षीय छलफल सम्पन्न भएको छ।
सो छलफलपछि तत्काल कार्यालय सञ्चालनका लागि विभिन्न संस्था, विद्यालय र व्यक्तिहरूबाट सहयोग प्राप्त भएको वडाध्यक्ष राजन कडेलले जानकारी दिए। उनका अनुसार वडामा रहेका सम्पूर्ण चर्चहरूको तर्फबाट १ थान टेबल र ८ थान प्लाष्टिकका कुर्सी उपलब्ध भएको छ।
त्यस्तै सुनझोडा मावि र सुनपकुवा माविबाट कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने १/१ थान कम्प्युटर र प्रिन्टर सहयोगस्वरुप उपलब्ध गराइएको छ।
यसैगरी, शिवालय मन्दिरसहित बहुउद्देश्यीय कृषि समूहबाट रु. २० हजार बराबरका फर्निचरका सामग्री, स्थानिय खेम कोइरालाबाट १ थान दराज, रुद्र बरालबाट १ थान दराज, प्रगति सामुदायिक वनतर्फबाट १ थान दराज, गोविन्द कार्कीबाट २ थान फ्यान, पिताम्बर खुलालबाट २ थान फ्यान, सुनझोडा माविका प्र.अ. मुकुन्द निरौलाबाट ५ हजार बराबरका सामग्री सहयोग प्राप्त भएको वडाध्यक्ष कडेँलले जानकारी दिए ।
यसबाहेक विभिन्न टोल विकास संस्था, सामुदायिक वन उपभोक्ता समूह लगायतका संस्थाहरूले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा वडाध्यक्ष कडेलले प्राप्त सहयोगका लागि सम्पूर्ण सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्दै दैनिक सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गरेका छन् ।