घोडाघोडी, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा गए राती एकजनाको घाँटी रेटी हत्या गरिएको छ । सँगै बसेर मदिरा सेवन गरेका तीन जनामध्ये आपसी विवादका क्रममा दुई जनाले घाँटी रेटी एक जनाको हत्या गरिएको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले गएराति ११ बजे केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको जानकारी दिनुभयो ।

उहाँले सोही वडाका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले हत्या गरी टाउँको लिएर सोही वडाको प्रतिखेतमा रहेको अस्थायी प्रहरी पोष्ट पुगेको जानकारी पाउनासाथ आफू स्वयं घटनास्थल पुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय