
मोरङ । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारि आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको दोश्रो क्वाटर फाईनल खेलमा झापा -११ लाई पराजित गर्दै भाेजपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज साेमबार भएकाे खेलमा झापा- ११ लाई ४-५ गाेल अन्तरले भाेजपुर विजयी भएकाे हाे ।
खेल १-१ काे बराबरीमा स्थितिमा ट्राईब्रेकरबाट खेलकाे निर्णय लिनु परेकाे थियाे ।
ट्राईबेकरमा भाेजपुरकाे तर्फबाट विबेक राई, धिरेन क्षेत्री, विवेक राई (बि), मिसाज लिम्बू र सुजन चाैधरीले गाेल गरे । त्यस्तै झापा ११ बाट मुसा कामाकाट, एराेन थापा मगर, पेमा तामाङ, सुमन थापाले गरे भने सिमान्त थापामगरकाे गाेल गाेलरक्षकले बचाउ गरेका थिए ।
खेलकाे ३९ ओै मिनेटमा फ्रि किक पाएकाे माैकाकाे सदुपयाेग गर्दै झापा ११ का एराेन थापामगरले गाेल गर्दै टिमलाई अग्रता दिलाए ।
मध्यान्तर पछिकाे ४० ओै मिनेटमा भाेजपुरका जर्सि नम्बर १७ का मिलन लिम्बुले गाेल गर्दै टिमलाई बराबरीकाे स्थितिमा पुर्याएका थिए ।
खेलको २१ औ मिनेटमा झापा ११ का जर्सी नम्बर १० का खेलाडी एरोन थापा मगरले प्रहार गरेको बललाई भोजपुरका गोल रक्षक समीर क्षेत्रीले पन्च गरेर बचाएका थिए । त्यसैगरी १९ ओै मिनेटमा भोजपुरका जर्सी नम्बर १७ का मिलन लिम्बुकाे सशक्त प्रहार गाेलकिपरले मुस्किलले बचाएका थिए । त्यस्तै भाेजपुरले २६ ओै मिनेटमा पाएकाे फ्रि किकलाई जर्सि नम्बर ११ का विनाेद राईले शसक्त प्रहार गरेपनि गाेल हुन सकेन ।
झापा ११ फुटबल क्लब, बिर्तामाेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपकाे गत बर्षकाे विजेता टाेलि हाे ।
खेलकाे म्यान अफ द म्याच भाेजपुरका जर्सि नम्बर २० का गाेलरक्षक समीर क्षेत्री घाेषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
आजकाे खेलमा काेशी प्रदेश सदस्य माननीय मानबहादुर लिम्बुकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा भईरहेकाे प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेकाे आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।
भाेलीकाे खेल रारा फुटबल क्लब, राजारानि, धनकुटा र बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड क्लब बिच हुनेछ ।
बेलबारी नगरपालिका मुख्य सहयाेगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेकाे प्रतियाेगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयाे ।
३ केजि चादि र डेढ ताेला सुन जडित ८ लाख बराबरकाे ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष साे प्रतियाेगिताकाे उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पाेपिराज राई र ज्याेतिराज राईले आफ्नाे स्वर्गीय बुबा मेजर एन.बी. राईकाे स्मृतिमा रनिङ गाेल्डकपकाे साैजन्य गर्नु भएकाे हाे ।