
उर्लाबारी । आइजोन इन्टरनेटले गायक डम्बर नेपालीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ ।
ब्राण्ड एम्बेस्डर नियुक्त गर्दै आइजोनका कार्यकारी निर्देशक नवीन श्रेष्ठले गायक नेपालीसँग सहकार्य गर्न पाउँदा उत्साहित बनेको बताउनुभयो ।
गायक नेपालीले पनि आइजोन इन्टरनेटसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको प्रतिक्रिया दिनुभयो । पूर्वी नेपालका ग्राहकको मन जित्दै आएको आइजोन इन्टरनेटले कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरीका गाउँ तथा शहरमा आफ्नो सेवा विस्तार गरिसकेको छ । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार आइजोनले सुलभ मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । आइजोन पूर्वकै पहिलो फाइबर इन्टरनेट सेवा प्रदायक हो, जसले छिटो समस्या समाधान र उत्कृष्ट व्यवस्थापनका कारण ग्राहकको मन जित्न सफल भएको छ ।