मोरङ । काठमाण्डाैकाे प्लानिङ ब्वाईज युनाईटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाईनल प्रवेश गरेकाे छ ।
मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारी गोल्डकपको बिहिबार भएकाे पहिलाे सेमिफाईनल खेलमा आयाेजक एल.एक्स. सिटि फुटबल क्लबलाई ० काे बिरुद्ध ३ गाेल अन्तरले प्लानिङ ब्वाईज युनाईटेड क्लब, काठमाण्डाै जित हासिल गर्याे ।
खेलकाे ४ मिनेटमा प्लानिङ ब्वाईज युनाईटेड क्लब, काठमाण्डाैले अग्रता लियाे । प्लानिङका जर्सि नम्बर १८ का चन्दन दासले ११ नम्बर जर्सिका सविन लुङ्गेली मगरकाे पासमा गाेल गरे । गाेल भएकाे ३ मिनेटमा आयाेजक एल.एक्स. सिटिका जर्सि नम्बर १४ का विजय उरावकाे ससक्त प्रहार गाेपकिपर याेगेश धिमालले मुस्किलले बचाए । त्यसैगरी आयोजक एल. एक्स. सिटीका जर्सी नम्बर ९ का उज्वल राईले पाएको वान भर्सेज वानको गोल गर्ने अवसर गुमाएका थिए । उनले प्रहार गरेको गोल पोलको बारबाट बाहिर गएको थियो । मध्यान्तर अघिकाे खेल प्लानिङ ब्वाईजले आयाेजक टिमलाई दबाबमा राखेका थिए ।
मध्यान्तर पछिकाे ३२ ओै मिनेटमा आयाेजकका गाेलकिपरकाे हातबाट फुस्केकाे बलकाे फाईदा लिदै प्लानिङका जर्सि नम्बर ७ का प्रतापसिङ राईले ० का बिरुद्ध २ गाेलले अग्रता दिलाए । त्यस्तै खेलकाे ३४ मिनेटमा प्लानिङका जर्सि नम्बर १० का राेम भुजेलले मध्य भागबाट एक्लै छक्याउदै पाेष्टमा गरेकाे प्रहार गाेलमा परिणत भयाे ।
मध्यान्तर पछि आयाेजकले आक्रमक खेल प्रस्तुत गरे पनि कुनै गाेल गर्न सकेन ।
अघिल्लो पटक नै पहेलाे कार्ड पाएका प्लानिङका कप्तान जर्सि नम्बर २० का गाैरव श्रेष्ठले एल एक्सका खेलाडीलाई पछाडीबाट लडाएपछि राताे कार्ड पाएका थिए ।
आजकाे विजेता टाेलिले फाईनलमा भाेलि हुने दाेस्राे सेमिफाईनल खेलकाे विजेता सँग कार्तिक १ गते प्रतिस्पर्धा गर्नेछ । आज भएकाे खेलकाे म्यान अफ द म्याच प्लानिङका जर्सि नम्बर ३ का राेमन भुजेल घाेषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
आजकाे खेलमा प्याबसन माेरङका अध्यक्ष जगत बस्नेतकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
भाेलीकाे दाेस्राे सेमिफाईनल खेल सहलेश युथ क्लब, सिराह र भाेजपुर फुटबल संघ, भाेजपुर बिच हुनेछ ।
बेलबारी नगरपालिका मुख्य सहयाेगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेकाे प्रतियाेगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिनुभयाे ।
३ केजि चादि र डेढ ताेला सुन जडित ८ लाख बराबरकाे ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष साे प्रतियाेगिताकाे उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पाेपिराज राई र ज्याेतिराज राईले आफ्नाे स्वर्गीय बुबा मेजर एन.बी. राईकाे स्मृतिमा रनिङ गाेल्डकपकाे साैजन्य गर्नु भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय