झापा , झापामा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गर्दै शान्ति सुरक्षाका कारण तिहारमा ९ बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने जनाएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले चाडपर्वहरु मनाउँदा शान्ति सुरक्षालाई विशेष ध्यान दिनसमेत आग्रह गरेका छन् । दिपावली,सहित नेपाल सम्वत र छठ पर्वको शुभकामना दिँदै प्रजिअ अधिकारीले चार्डपर्व मनाउने क्रममा समाजमा शान्ति सुरक्षा,अम नचयन कायमगर्न सहयोग पु¥याउन जिल्ला सुरक्षा समिति झापा सरोकारवाला सबैमा अनुरोध गर्दछ भनेका छन् ।

आसन्न चार्डवार्डलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले आठ बुँदे सूचनासमेत जारी गरेको छ । सूचनामा भनिएको छ– दिपावलीको अवसरमा देउसी, भैलो लगायतका साँस्कृतिक कृयाकलापहरु रातको ९ बजे सम्ममात्र गर्न, प्रचलित कानूनले बर्जित गरेका जुवातास, लड्गुरबुर्जा (डाइस), लगायतका जुवाजन्य खेल खेल्ने/खेलाउने कार्य नगर्न, समाजमा आतंक श्रृजना गर्ने गरी पटका पड्काउने, भुईंचम्पा, आतिशबाजी गर्ने कार्य नगर्न, प्लाष्टिकका फूल, मालाको सट्टा प्राकृतिक फूल, माला प्रयोग गरी नेपाली किसानहरुलाई प्रोत्साहित गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय