
मिक्लाजुङ । मिक्लाजुङ गाउँपालिका–२ ले असामयिक निधन भएका घरपरिवारप्रति सहानुभूति जनाउँदै नयाँ सहयोग योजना कार्यान्वयनमा ल्याएको छ ।
यस योजना अनुसार वडा नं.२ मा कुनै पनि घरपरिवारमा असामयिक निधन भएको अवस्थामा मृतकको अन्त्येष्टि, मलामी खाजा तथा सद्गद कार्यक्रमका लागि वडातर्फबाट १० हजार बराबरको सामग्री उपलब्ध गराइने भएको हो ।
वडा कार्यालयले उक्त योजनाअन्तर्गत शनिबार तिल्केनी र कुवापनीका दुःखद घटनामा परी निधन भएका दुई घरपरिवारसँग दुःखमा सरीक भई सहयोग सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले जानकारी दिनुभयो । मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले वडा पनि दुःखमा साथ दिनका लागि यो योजना सुरु गरेको उहाँको भनाई छ । वडा अध्यक्षका अनुसार, यस कार्यक्रमले शोकसन्तप्त परिवारलाई तत्काल सहयोग पु¥याउने र सामाजिक सहकार्यको भावना मजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।