
विराटनगर । यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११:३९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसा मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नपरेपनि साइत खोज्नेका लागि विशेष शुभ मुहूर्त तोकिएको हो।
“बिहीबार धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको संयोजनमा टीकाको शुभ साइत दिइएको छ,” समितिको भनाइ छ। यो वर्ष शनिबार धन त्रयोदशी र धनतेरस, आइतबार काग तिहार, र सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार तथा बेलुकी लक्ष्मीपूजा मनाइएको थियो ।
भाइटीका तिहारको अन्तिम दिन हो, जसमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै टीका–माला लगाउने परम्परा रहिआएको छ।