सुन्दरहरैचा नगरपालिका–स्थित खोर्सानेकी ३९ वर्षीया बिनिता तामाङको मृत्यु भएको छ ।

कार्तिक ५ गते (बुधबार) भारतको मिरिक जाँदै गर्दा नोलडाँडा भन्ने स्थानमा भएको दुर्घटनामा बिनिताको घटनास्थलमै मृत्यु भएको हो । उनी आफ्ना २८ वर्षका भाइ वाङ चेन लोप्चन तामाङलाई टिका लगाउन मिरिकतर्फ जाँदै थिइन् । दुर्घटनाग्रस्त कारमा गर्भवती बिनितासहित उनकी ४ वर्षीया छोरी युडेन्ला तामाङ र भाइ वाङ चेन सवार थिए । दुर्घटनामा दिदी–भाइ दुबैको निधन भएको छ भने सानी छोरी गम्भीर घाइते भएकी छन् । स्थानीय प्रशासनका अनुसार घाइते युडेन्लालाई उपचारका लागि दार्जिलिङस्थित अस्पतालमा लगिएको छ । परिवार र आफन्तजन भाइटिकाको दिन यस्ता दुःखद घटनाले शोकमा डुबेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय