उर्लाबारी । शनिबारदेखि सुरु भएको छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिपूर्वक सम्पन्न भएको छ ।
व्रतालुहरूले सोमबार अस्ताउँदो सूर्यलाई र आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सूर्यदेव र छठमाईप्रति आस्था प्रकट गरे । बिहान सबेरैदेखि नै स्थानीय नदी, पोखरी र छठघाटमा श्रद्धालुहरूको भीड थियो ।
उर्लाबारीका मावा, सोल्टी र रातेहोलीलगायत स्थानका छठघाटहरूमा व्रतालु तथा भक्तजनले पूजा–अर्चना गर्दै सूर्यदेवको आराधना गरेका थिए । मंगलमय वातावरणबीच महिलाहरू पारम्परिक भेषभूषामा गीत–भजन गाउँदै नदी किनारमा अघ्र्य चढाएका थिए ।
यसअघि शनिबार नहाय–खाय गरी सुरु गरिएको यो पर्व चार दिनसम्म विभिन्न विधि–विधानका साथ मनाइयो । छठपर्वलाई पवित्रता, अनुशासन र सूर्य आराधनाको पर्वका रूपमा मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय