सोलुखुम्बु । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।
हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । पाइलट भने सकुशल रहेको उनले बताए ।























