झापा । झापाको दमक ७ मा हुर्रा नाच देखाएर मोरङको मिक्लाजुङतर्फ फर्किदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

गएराति ११ः५५ बजे दमक –२ पाङ्गिनी चोकस्थित भित्री सडकखण्डमा दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो । दुर्घटनामा बसमा सवार अन्दाजी ३५ जनामध्ये एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ मिक्लाजुङ ३ बस्ने ३६ वर्षीय भिमबहादुर मगर रहेका छन् । उनको उपचारको क्रममा राति १२ः२८ बजे मृत्यु भएको हो । मृतकको शव आम्दा अस्पताल खरखरेमा रहेको छ ।

दुर्घटनामा घाइते हुनेहरुको नामावली यस प्रकार रहेको छ ।

१. मोरङ मिक्लाजुङ ३ बस्ने बर्ष ४१ की सीता मगर– बाहिरी चोट नदेखिएको, अबस्था सामान्य
२.उनका छोरा बर्ष १३ का योगेश मगर– छातीमा चोट, अबस्था सामान्य ।
३. सोही ठाउँ बस्ने गोबिन्द श्रेष्ठका छोरा बर्ष १४ का विपिन श्रेष्ठ– अनुहारमा चोट अबस्था सामान्य
४. सोही ठाउँ बस्ने बर्ष १७ की सपना श्रेष्ठ– पेटमा चोट अबस्था सामान्य
५. सोही ठाउँ बस्ने बर्ष ३२ की नन्दमाया मगर– ढाडमा चोट अबस्था सामान्य
६. सोही ठाउँ बस्ने बर्ष १८ का आशिन लिम्बू– टाउकोमा चोट अबस्था सामान्य
७. सोही ठाउँ बस्ने बर्ष ५५ की रामकुमारी मगर– छातीमा चोट अबस्था सामान्य
८. सोही ठाउँ बस्ने बर्ष ४५ की सीता मगर– छाती र पेटमा चोट अबस्था सामान्य
९. सोही ठाउँ बस्ने सुरेश दर्जीकी छोरी बर्ष १४ की रोनिशा दर्जी– छातीमा चोट आतिएर बेहोस भएकी, अबस्था सामान्य
१०. सोही ठाउँ बस्ने बर्ष ५७ का टंकबहादुर गुरुङ –टाउकोमा चोट अबस्था सामान्य
११. सोही ठाउँ बस्ने डम्बर श्रेष्ठका छोरा बर्ष ९ का साजन श्रेष्ठ– बायाँ हातमा चोट अबस्था सामान्य
१२. सोही ठाउँ बस्ने बर्ष २८ की बिष्णुकुमारी लिम्बू) बायाँ हातमा चोट अबस्था सामान्य
१३. सोही ठाउँ बस्ने कृष्ण भुजेलका छोरा बर्ष १५ का निकेश भुजेल– दाहिने खुट्टामा चोट अबस्था सामान्य
१४. सोही ठाउँ बस्ने निर्मल राईका छोरा बर्ष १४ का शिशिर राई– दाहिने हात र टाउकोमा चोट अबस्था सामान्य
१५. सोही ठाउँ बस्ने बर्ष ४७ का प्रेम रसाईली– दाहिने हातमा चोट अबस्था सामान्य
१६. उनकी श्रीमती बर्ष ४५ की रुपा रसाईली– ढाडमा चोट अबस्था सामान्य
१७. उनका छोरा बर्ष ८ का सन्दिप रसाईली– बायाँ हातमा चोट अबस्था सामान्य
१८. मिक्लाजुङ ६ बस्ने भवानी श्रेष्ठका छोरा बर्ष १६ का राजन श्रेष्ठ– टाउकोमा चोट अबस्था सामान्य
१९. सोही ठाउँ बस्ने फुलमाया जोगीकी छोरी बर्ष १५ की एन्जिला जोगी–पेटमा चोट अबस्था सामान्य
२०. सोही ठाउँ बस्ने बर्ष २२ की पुनम मगर– बायाँ हातमा चोट अबस्था सामान्य
२१. सोही ठाउँ बस्ने बर्ष १९ की अनुसा मगर– बायाँ हातमा चोट अबस्था सामान्य

घाइते २१ जनामध्ये २० जना आज विहान ६ः३० बजे डिस्चार्ज भएको र एकजना घाइते सपना श्रेष्ठको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस चालक मिक्लाजुङ ३ बस्ने बर्ष ३९ का भक्तबहादुर दर्जीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । प्राविधिक गडबडीका कारण बस पल्टिन पुगेको चालकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय